नियम
भाडोलाई सीलबन्दी गर्ने तरिका

निरीक्षकले नियम ८ को उपनियम (३) बमोजिम औषधि राखिएको भाडोलाई सीलबन्दी गर्दा देहाय बमोजिम गरी सीलबन्दी गर्नु पर्नेछ :–
(क) भाडोभित्र राखिएको औषधिको नाम तथा परिमाण र सा“केतिक संख्या भए सो समेत स्पष्ट अड्ढित हुने गरी सोही भाडो बाहिर लेख्नु पर्ने,
(ख) भा“डोभित्र राखिएको औषधि चुहिन वा बाहिर आउन नसक्ने गरी बन्द गरी बिर्को लगाउनु पर्ने,
(ग) बिर्को खोल्न नसकिने गरी बिर्को र भाडो धागोले बाधी धागो बाधिएको ठाउमा सीलबन्दी गर्नु पर्ने,
(घ) सीलबन्दी नउप्काई भाडोलाई खोल्न नसकिने गरी सीलबन्दी गर्नु पर्ने ।